|

डडेल्धुरा : बझाङमा कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा बुङ्गल नगरपालिका(३ का ६५ वर्षका एक वृद्ध छन्। मृतकलाई १४ दिन क्वारेन्टाइन राखेर कोरोनाको कुनै लक्षण नदेखिएको भन्दै ६ साउनमा घर पठाइएको थियो। उनी असार २४ गते भारतबाट फर्किएका थिए।

घरमा बसिरहेको समयमा उनमा ९ साउनमा अकस्मात् स्वास्थ्य समस्या आउँदा मृत्यु भएको र सोमबार आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बझाङका कोभिड–१९ सम्पर्क व्यक्ति नारायण जोशीले थाहा खबरलाई जानकारी दिए।

उनका अनुसार मृत्युपछि उनको स्वाब संकलन गरिएको थियो। डडेल्धुरा अस्पतालको प्रयोगशालामा पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको जोशीले बताए। उनको ९ साउनमै परम्परागत रूपमा दाहसंस्कार गरिएको थियो। उनको सम्पर्क आएका व्यक्तिहरूको स्वाब संकलन गरिने उनले जानकारी दिए। योसँगै   जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.