|

दैलेख : विषालु च्याउ खाँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ। जाजरकोटको कुशे गाउँपालिका १ स्याँक्रीका एकै परिवारका ४ जनाको निधन भएको हो।  तीन बालबालिकाको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचार क्रममा मंगलबार मृत्यु भएको कुसे गाउँपालिकाकी उपप्रमुख रामछाया कुमारी शाहीले जानकारी दिएकी हुन्। 

अर्का एक जना बालिकाको भने मंगलबारै घरमै मृत्यु भएको हो। आइतबार जंगली च्याउ ल्याएर खाएका एकै परिवारका ७ जना बिरामी परेका थिए। उनीहरुलाई उद्धारका लागि सुर्खेत लैजाने तयारी गरे पनि गाडी चल्ने अवस्था नरहेकाले सोमबार सेनाको हेलिकप्टरमार्फत ६ जनालाई भने सुर्खेत लगिएको शाहीले बताइन्। तीमध्ये तीन जनाको भने सुर्खेत मृत्यु भएको उपाध्यक्ष शाहीले बताइन्। 

कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार क्रममा टेकबहादुरकी १६ वर्षीया छोरी औसरा, १३ वर्षीया छोरी धनसरा र ११ वर्षीया नातिनी निरुता चलाउनेको उपचार क्रममा मृत्यु भएको प्रदेश अस्पतालका मेडिकल विभाग प्रमुख डाक्टर केएन पौडेलले जानकारी दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.