जिल्लाभर संक्रमित प्रहरीकाे संख्या ३८ पुग्याे
जिल्लाभर संक्रमित प्रहरीकाे संख्या ३८ पुग्याे
स्याङ्जा : जिल्लामा २५ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत १६ प्रहरीसहित २५ जनामा संक्रमण देखिएको हो।
आज थपिएका मध्ये १६ जना प्रहरी, १ प्रहरीका परिवारका सदस्य, १ थुनुवासहित २५ जनामा कोरोना संक्रमण देखिएको पुतलीबजार नगरपालिकाका स्वास्थ्य प्रमुख विष्णु काफ्लेले जानकारी दिएका हुन्।
उनका अनुसार अन्य संक्रमितमा अर्जुनचौपारी गाउँपालिकाका ४, वालिङ नगरपालिकाका १ र २ जना भारतबाट आएर क्वारेन्टाइनमा बसेका रहेका छन्। सोमबार पनि जिल्लाका १८ जना प्रहरीमा संक्रमण पुष्टि भएको थियो। गत मंगलबार पनि ३ जना प्रहरीमा कोरोना संक्रमण भएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।