१ हजार ८ सयको उद्धार

|

कैलाली : मंगलबार रातिदेखिको अविरल वर्षाले कैलाली जिल्लाको पूर्वी तथा मध्यवर्ती क्षेत्रमा सयौँ घर डुवानमा परेका छन्। यहाँ अहिले पनि मुसलधारे पानी परिरहेको छ।

भजनी नगरपालिका-५ मा ३ सय ५० घर डुवानमा परे पनि त्यहाँका १ हजार ८ सय मानिसहरुलाई उद्धार गरी हुलाकी राजमार्गमा ल्याइएको कैलालीका प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलालीको मध्यवर्ती क्षेत्रको जोशीपुर गाउँपालिकामा ६० घर डुवानमा परेका छन्। कान्द्रा र काँढा नदीको किनारका बस्तीहरुमा बाढी पसेको त्यहाँका बासिन्दाहरुलाई सुरक्षित स्थानमा सारिएको छ। टीकापुर नगरपालिकाको मुक्तकमैया बस्ती विजयनगरमा बाढी पस्दा दुई घर भत्केका छन्।

प्रहरीका अनुसार टीकापुर क्षेत्रका बाढी प्रभावित क्षेत्रका मानिसहरुलाई राष्ट्रिय मावि बेलुवामा सारिएको छ। अहिले पनि कर्णाली नदीमा पानीको स्तर बढिरहेकै अवस्था रहेकोले थप सतर्कता आवश्यक रहेको कैलालीका प्रहरी प्रमुख जबराले बताए।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.