आफ्नै लगानीका आयोजनामा स्रोत जुटाउन कठिन

|

काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले आन्तरिक स्रोतबाट सञ्चालित राष्ट्रिय गौरवका आयोजना अगाडि बढाउन वित्तीय चुनौती रहेको बताएका छन्। 

वैदेशिक सहायता प्राप्त नहुने र आन्तरिक स्रोतबाट जुटाउनुपर्ने आधा दर्जन बढी गौरवका आयोजना अगाडी बढाउन वित्तिय चुनौती रहेको अर्थमन्त्री खतिवडाले बताए। 

संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको छलफलमा खतिवडाले आफ्नै स्रोतबाट निर्माण निर्माण सुरु गरिएका आयोजनामा स्रोत जुटाउन कठिन भएको बताए। 

दातृ निकायहरुले लागत उठ्न लामो समय लाग्ने आयोजनाहरुमा लगानी नगर्ने भएकाले बजेट नहुने उनले बताए। अर्थमन्त्री डा. खतिवडाले सञ्चालनमा रहेका आयोजनामा कोभिडका कारण बजेट भने अभाव हुन नदिने बताए। अन्य क्षेत्रबाट भएपनि स्रोत व्यवस्थापन गरेर व्यवस्थापन गरिने उनले बताए।

अर्थमन्त्री डा. खतिवडाले विदेशी सहायता आश्रित केही आयोजनाहरुमा समस्या हुने गरेको समेत बताएका छन्।  उनीहरुले राख्‍ने गरेका सर्त पूरा गर्न नसक्ने अवस्था सधैँ नहुने भएकाले केही आयोजनाहरु कार्यान्वयनमा ढिलाइ हुने गरेको उनले बताए।

एमसिसीबारे चाँडो निर्णय गरौं

डा. खतिवडाले एमसीसी अनुमोदनको विषय संसदमा विचाराधीन रहेकाले एमसीए नेपाल अन्तर्गतको काम प्रभावित भएको बताए। सरकारले अहिले आफ्नो खर्चले स्थानीय आवश्यक खर्च गरिरहेको भए पनि दाताले दिने रकमको टुंगो नभएको बताए। 

विदेशी सहायताका विषयहरुमा गम्भीर छलफल गरी अगाडि बढाउनुपर्ने उनले बताए। एमसीसीको विषयमा अनुमोदन गर्ने नगर्ने विषयमा चाँडो निर्णय गरी अगाडि बढ्नुपर्ने उनले बताए। एमसीसी अनुमोदन नभए सरकारले अन्य स्रोतबाट आयोजना अगाडि बढाउने उनले जानकारी दिएका छन्। 

एमसीसी परियोजनाको सहयोगमा सरकारले लप्सी फेदी-राता माटे-हेटौंडा र लप्सी फेदी-रातमाटे-दमौली-बुटवल ४०० केभी क्षमताको अन्तरदेशीय प्रशारण निर्माणको योजना अगाडि बढाएको छ। एमसीसी संसदबाट अनुमोदन नभए सरकारले अन्य स्रोतबाट पूरा गर्ने यसअघि नै बताइसकेको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.