|

काभ्रे : जिल्लाको पनौती नगरपालिका–७ (साविक वडा नम्बर ५) स्थित सिरानचौरमा विगत लामो समयदेखि विवादमा रहेको क्षेत्रीय स्तरको रंगशालाको जग्गाण्म्बन्धी विवाद टुंगिएको छ। 

पनौती–५ को कित्ता नम्बर १३२ को १७ रोपनी १४ आना २ पैसा जमिन फिर्ताका लागि नगरपालिकाले गरेको सबै प्रयास विफल भएपछि करिब ४ करोड रुपैयाँ तिरेर जग्गा खरिद गरेको हो। नगरपालिकाले भौतिक पूर्वाधारका लागि काम सुरु गरेपछि गंगाप्रसाद कँडेलसहितका परिवारले जग्गाको स्वामित्व आफ्नो रहेको भन्दै नगरपालिकाविरुद्ध २०७१ सालमा मुद्दा दर्ता गरेको थियो। 

पनौतीका मेयर मेयर भीम न्यौपानेले रंगशालको जग्गा फिर्ताको  सबै प्रयास विफल भएपछि नगरको आठौँ सभाबाट जग्गा खरिद गर्ने निर्णयमा पुगेको बताए। मेयर न्यौपानेको अनुसार रंगशालामा रोकिएका निर्माणका कार्य सुचारु हुने र क्षेत्रीय स्तरको रंगशाला अब प्रदेश स्तरको बन्ने बताए।

सार्वजनिक जग्गा २०३१ सालको नापीको समयमा व्यक्तिका नाममा दर्ता गरेको फेला परेपछि नगरपालिकाले जग्गा फिर्ताका लागि प्रयास गरेको थियो। तर दुई पटक मुद्दा हारेर नगरपालिका कानुनी रुपमा तल परेपछि चालु आर्थिक वर्षका लागि आन्तरिक श्रोतबाट विनियोजन गरेको सहरी जग्गा पूर्वाधार व्यवस्थापन कार्यक्रमबाट २ करोड र बसपार्क व्यवस्थापन तथा अन्य शीर्षकको बजेट १ करोड ६२ लाख २४ हजार २ सय ३७ रुपैयाँ गरी ३ करोड ६२ लाख २४ हजार २ सय ३७ (न्यूनतम मूल्यभन्दा पनि कम) रुपैयाँ कँडेल परिवारलाई तिरेर रंगशाला निर्माणको लागि जग्गा प्राप्ती गरेको हो।

०७७/७८ मा जिल्ला मालपोत कार्यालयले उक्त जग्गाको मूल्य ४ करोड ९ लाख ६९ हजार ५ सय रुपैयाँ मूल्यांकन गरेको थियो। 

नगरपालिकाले ४५ वर्षपछि जग्गा फिर्ता पायो

पनौती नगरपालिकाले ४५ वर्षपछि आफ्नै नाममा जग्गा फिर्ता पाएको छ। उक्त क्षेत्रमा नगरपालिकासँग सहकार्य गरेर २०७० सालमा सहरी विकास तथा भवन निर्माण विभागले रंगशाला निर्माण काम अघि बढाएकोे थियो। 

तर रंगशाला क्षेत्रभित्र पर्ने कित्ता नम्बर १३२ को जमिन गंगाप्रसाद कँडेलको नाममा दर्ता भएको देखिएपछि विवाद सुरु भएको थियो। डोर झिकाएर जग्गा खरिद, ३५ सन्तानलाई भाग
मालपोत कार्यालय काभ्रेका प्रमुख अधिकृत शालिकराम आचार्यले मंगलबार नगरपालिकामा डोर झिकाएर डोर दस्तुर ५ हजार राजस्व लिएर उक्त जग्गा खरिद गरिएको बताए। 
रंगशालको जग्गा विवाद नसुल्झिएपछि नगरपालिकाले कँडेल परिवारलाई सिफारिससमेत रोक्का गरेको थियो। 

नगरपालिकामा स्व. गंगाप्रसाद कँडेलका दुई श्रीमती नानिगिता कँडेल र गणेशकुमारी कँडेलले नगरपालिकालाई जग्गा बिक्री गरेका थिए। बिक्री गर्दा कँडेल परिवारका २ जनाको नाममा रहेको जग्गाबाट प्राप्त रकम ५ दाजुभाइ र तिनका ३५ सन्तानलाई भाग लगाइएको छ।  

जग्गा लेनदेनमा नगर प्रमुख भिम न्यौपाने, उपप्रमुख गीता बञ्जारा, संविधान सभा सदस्य रामहरि सुवेदी, प्रदेश सभा सदस्य चन्द्र लामा, जनप्रतिनिधि, नागरिक समाजका प्रतिनिधि लगायत स्थानीयको उपस्थिति थियो। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.