|
प्रतीकात्मक तस्बिर

भक्तपुर : चाँगुनारायण नगरपालिका–९ फैढोकास्थित सरोज थापाको कुखुरा फार्मको टहरामा तास खेलिरहेको अवस्थामा नौजना ​बिहीबार साँझ पक्राउ परेका छन् । प्रहरीले उनीहरुको साथबाट तीन लाख ३८ हजार ३३५ रुपैंयाँ बरामद गरेको छ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर–५ घर भई हाल भक्तपुर कमलविनायक बस्ने ३९ वर्षीय सागर लामिछाने, काभ्रेपलाञ्चोक चौरी देउराली गाउँपालिका–२ घर भई हाल कमलविनायक बस्ने ४० वर्षीय श्याम शाक्य, रामेछापको दोरम्बा गाउँपालिका–३ घर भई हाल काठमाडौंको सुन्धारा बस्ने २९ वर्षीय सुमन श्रेष्ठ र ओखलढुंगाको खिजीकाति गाउँपालिका–९ घर भई हाल भक्तपुरको व्यासी बस्ने ३९ वर्षीय आशिष खत्री रहेका छन्।

त्यस्तै, काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–९ का ४७ वर्षीय दानबहादुर सुवाल, रामेछापको दोरम्बा गाउँपालिका–४ घर भई हाल भक्तपुर कमलविनायक बस्ने २९ वर्षीय चेतबहादुर थापा मगर, काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भई हाल काठमाडौं बानेश्वर बस्ने २९ वर्षीय समीर तामाङ, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१८ घर भई हाल भक्तपुर लोकन्थली बस्ने ३३ वर्षीय कृष्णबहादुर मोक्तान र रामेछापको दोरम्बा गाउँपालिका–३ घर भई हाल काठमाडौं ठुलो भर्‍याङ बस्ने २८ वर्षीय नारायण थापा मगर रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्ष दिपक गिरीले जानकारी दिए।

उनीहरुलाई प्रहरी निरीक्षक भगवती तिमिल्सेना नेतृत्वको टोलीले पक्राउ गरिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.