|

काठमाडौं : खेलकुद ऐन २०७७ कार्यन्वयनमा आएसँगै राखेप बोर्डलाई पुर्णता दिने कार्य अघि बढेको छ। बिहिबार राखेप बोर्डमा ६ सदस्य मनोनित गरेको छ।

३७ सदस्यीय बोर्डका लागि युवा तथा खेलकुद मन्त्री जगतबहादुर  विश्वकर्माले ६ जनालाई मनोनित गरेका हुन्। राखेप सदस्य सचिव सिफारिस समितिको सदस्य रहेका दुवै जनाले बोर्डमा स्थान पाए। रीम रानाभाट र इन्दिरा निरौला सदस्य छनोट समितिमा रहेका थिए। दुबै जनालाई मन्त्रालयले मनोनयन गरेको हो। 

राखेपका पूर्व अधिकृत समेत रहेको रानाभाटले पहिलो पटक बोर्डमा मनाेनयन हुँदा निरौला भने यसअघि पनि राखेप सदस्य थिइन्। त्यस्तै राष्ट्रिय खेल संघको सिफारिसमा काठमाडौं चपलीका अर्जुनबहादुर केसी मनाेनयनमा परेका छन्।  

त्यस्तै सम्पन्न श्रेष्ठ र चितवनका सुवास श्रेष्ठ तथा परम्परागत साहसिक तथा पर्यटकीय खेल क्षेत्रको प्रतिनिधित्व हुने गरि गोविन्दप्रसाद भट्टराईलाई सदस्यमा मनोनित गरिएको छ।

सोमबार मन्त्रीपरिषद्को बैठक शिव कोइरालालाई उपाध्यक्ष र रमेशकुमार सिलवाललाई सदस्य सचिव नियुक्त गरेको थियो। कोइराला र सिलवालले बुधबार पदभार ग्रहण गरेका थिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.