काठमाडौं : महानगरीय ट्राफिक महाशाखा काठमाडौंमा कार्यरत दुईजना प्रहरीमा कोरोना संक्रमण देखिएको छ।
उनीहरुमा कोरोना पुष्टि भएको महाशाखाका एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए। ढकालका अनुसार संक्रमण देखिएका प्रहरीको आन्तरिक व्यवस्थापनको काम सुरु गरिएको छ। संक्रमित प्रहरीलाई सशस्त्र प्रहरी अस्पतालमा लैजाने तयारी भइरहेको छ।
यसअघि बिहीबार बिहानसम्म काठमाडौंसहित प्रहरी प्रधान कार्यालयका गरि ५३ प्रहरीमा कोरोना संक्रमण देखिसकेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।