|

काठमाडौं : देशमा यतिबेला कोरोना संक्रमण बढिरहेको छ। लकडाउन खुकुलो पारिएपनि जनजीवन सामान्य बनिसकेको छैन। दैनिक क्रियाकलाप लयमा फर्किसकेको छैन। 

बर्खा लागेसँगै खेतीपाती लगाउने याम सुरू भएकाले महामारीकै बेलामा पनि किसानहरू निष्क्रिय बसेनन्‌। किसानहरूले मकैलगायत बाली लगाए, भाँचे। फेरि धान रोपे र अहिले गोड्दैछन्। 

भक्तपुरको चाँगुनारायण नगरपालिकाका किसानहरू पनि यतिखेर धान गोड्न व्यस्त छन्। महामारीकै बीच निकै कष्टका साथ धान रोपेका किसानहरू अहिले गोड्न भ्याई-नभ्याई गरिरहेका छन्।

यसरी धान खेतमा व्यस्त भएका किसानहरूलाई कोरोनाको डर त लागिरहेको छ, तर रोपिसकेको धानलाई सम्भार गरिएन भने उत्पादन नहुने चिन्ता छ। धान गोडिरहँदा भेटिएकी चाँगुकी मीना श्रेष्ठले भनिन्‌, 'रोपेको खेती भित्र्याउनैपर्छ, नत्र अहिलेको महामारीभन्दा पनि भोकमरी डरलाग्दो हुन्छ।'

फाँटहरूमा धानको बेर्ना हुर्कँदै जाँदा अहिले रौनक थपिएको छ। इन्डोनेसियाको बाली टापुपछि उब्जनीका हिसाबले उत्कृष्ट मानिने काठमाडौं उपत्यकामा शहरीकरण भइनसकेका फाँटहरूमा धानखेती हुने गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.