|

काठमाडाैं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खेलाडीहरुको तलब र भत्ताका लागि सरकारसँग कुरा गर्ने बताएका छन्। 

पार्टी कार्यालयमा सागका स्वर्ण विजेता खेलाडीहरुलाई सम्मान गर्न आयोजित कार्यक्रममा सभापति देउवाले खेलाडीले राष्ट्रको इज्जत र प्रतिष्ठा बढाइरहेकाले उचित तलब र भत्ता दिने कुरा संसदमा समेत उठाउने प्रतिबद्धता व्यक्त गरेका हुन्। 

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्यसचिव रमेश सिलावालले खेलकुद ऐन निर्माण गर्दा त्रुटि भएको बताएका छन्। कांग्रेस जस्तो प्रजातान्त्रिक पार्टीले समेत ऐन निर्माण गर्दा ध्यान नदिएको भन्दै उनले गुनासो गरेका छन्। 

ऐन निर्माणको चरणमा रहेका बेला सम्बन्धित क्षेत्रका विज्ञ लगायत सरोकारवालाहरुलाई सहभागी गराएर छलफल गर्नुपर्नेमा त्यसो हुन नसकेको उनले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.