|

इलाम : एपिएफ क्लबका पूर्व खेलाडी एवं प्रशिक्षक नरकुमार राईकी क्यान्सर पीडित छोरी कसुमीको उपचारका लागि सशस्त्र प्रहरी बलले तीन लाख रुपैयाँभन्दा बढी सहयोग गरेको छ। 

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालसहित विभिन्न बाहिनी, गण र सांस्कृतिक शाखाबाट गरी तीन लाख १८ हजार २० रुपैयाँ सहयोग प्राप्त भएको नरकुमार राईले बताए। महानिरीक्षक खनालले १५ हजार पाँच रुपैयाँ प्रदान गरेका छन्। सशस्त्र प्रहरीबाट सहयोग जुटाउनका लागि प्रहरी नायब उपरीक्षक प्रेमकुमार श्रेष्ठले भूमिका खेलका थिए।

गत मंसिरबाट ब्लड क्यान्सर पीडित कसुमीको उपचारका लागि हालसम्म करिब १४ लाख रुपैयाँ खर्च भइसकेको छ। उनको उपचारका लागि देशविदेशमा रहेको नेपाली एवं खेलाडी र प्रशिक्षकहरुले नौ लाख रुपैयाँभन्दा बढी सहयोग पठाएको नरकुमारले बताए।

एपिएफ महिला टिमको जग बसाएका नरकुमारले छोरी बचाउन सबैसँग आग्रह गरेका छन्। ‘हालसम्म करिब १४ लाख रुपैयाँ खर्च भइसक्यो। ४÷५ वर्ष निरन्तर उपचार गरिरहनुपर्ने रहेछ,’ नरकुमारले भने ‘ जायजेथा उपचारमा खर्च भयो। अहिले स्वदेश तथा विदेशमा रहनुहुने शुभेच्छुक एवं खेलाडीहरुको सहयोगले उपचार धानिरहेका छौं। अझै कति पैसा लाग्ने हो टुङ्गो छैन्।’

सहयोगी दाताहरुले रीना राईको नाममा सिद्धार्थ बैंक स्वयम्भु शाखामा रहेको खाता नम्बर ०१९१५२६९१४६ मा रकम जम्मा गर्न सक्ने नरकुमारले बताए।  फुटबल क्षेत्रमा ‘नरे दाई’ को नामले परिचित इलामको देउमाई नगरपालिका–३ शान्तिडाँडाका नरकुमारले २०६२ सालदेखि २०६८ सालसम्म एपिएफमा खेलाडी र २०६४ सालबाट २०७३ सालसम्म महिला टिमलाई प्रशिक्षण गरेका थिए।

कसले कति दिए ?

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले १५ हजार पाँच, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले १५ हजार, सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनी सशस्त्र प्रहरी नायव महानिरिक्षक राजु अर्यालको पहलमा एक लाख, सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर बाहिनी सशस्त्र प्रहरी नायव महानिरीक्षक कविन्द्रमान श्रेष्ठको पहलमा ५० हजार र सशस्त्र प्रहरी बल नेपाल ७ नम्बर बाहिनी सशस्त्र प्रहरी नायव महानिरीक्षक हरिशंकर बुढाथोकीले १० हजार रुपैयाँ सहयोग गरेका छन्।

यस्तै, सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर गण प्रहरी उपरिक्षक नेत्रबहादुर कार्कीको पहलमा ५१ हजार पाँच, सशस्त्र प्रहरी उपरीक्षक सुरेश श्रेष्ठबाटः १० हजार, सशस्त्र प्रहरी उपरिक्षक विशेश्वर थापाबाट १२ हजार ५००, सशस्त्र प्रहरी उपरीक्षक विश्व भट्टराईबाटः १० हजार, सशस्त्र प्रहरी उपरीक्षक शंकर खनालबाट १० हजार, सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र शाहबाट १० हजार, सशस्त्र प्रहरी नायब उपरीक्षक धनबहादुर बानियाबाट पाँच हजार, सशस्त्र प्रहरी निरीक्षक गणेशबहादुर मल्लबाट पाँच हजार र सांस्कृतिक शाखा तथा बाध्यवाधन गुल्मबाट १४ हजार ५०५ रुपैयाँ प्राप्त भएको नरकुमार राईले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.