|

जनकपुरधाम : स्रोत नखुलेको साढे १९ लाख रुपैयाँसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

महोत्तरीको लोहापट्टी नगरपालिका–१ बगडाका २४ वर्षीय रविन यादव र २८ वर्षीय रामईश्वर यादव शुक्रबार पक्राउ परेका हुन्। दुवैजना २–०२–००१ प ०४८८ नम्बरको मोटरसाइकलमा जनकपुरतर्फ जाँदै गर्दा पक्राउ परेका हुन्। मोटरसाइकल समेत नियन्त्रणमा लिएकोछ।

जलेश्वर नगरपालिका–२ जिरोमाइलमा नियमित चेकजाँचमा खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट १९ लाख रुपैयाँ बरामद भएको र स्रोत खुलाउन नसक्दा पक्राउ गरिएको महोत्तरीका डिएसपी प्रकाश विष्टले जानकारी दिए। बरामद रकममध्ये एक हजारको १ हजार ६७५ वटा नोट र ५०० को ५५० वटा नोट रहेको डिएपसी विष्टले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.