|
फाइल फोटो

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता भएको तीन वर्ष नपुग्दै पार्टी एकता संकटमा पुगेको बताएका छन्। कम्युनिष्ट नेता तुलसीलाल अमात्यको स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्।

‘अहिले पार्टी संकटमा छ। अहिले पार्टी एकता रहिराख्ला या नहोला भन्नेमा पुगेको छ। सबैको भविष्य जनताको भविष्यको विषय तीन वर्ष नपुग्दै भएको छ’ उनले भने, ‘सरकारको नेतृत्व गरेको पार्टी नै अहिले संकटमा पुगेको छ। जनताको साथ भए पनि कम्युनिष्ट पार्टी फुटाउन षड्यन्त्र भइरहेको छ।’ 

जनताको जितको रूपमा पार्टी एकता भएकाले एकताबद्ध भएर पार्टीलाई सदृण बताउनुपर्ने बताए। ‘कम्युनिष्ट एकताले नेपालमा मात्रै नभएर अन्तर्राष्टिय कम्युनिष्ट आन्दोलनमा एकता उदाहरणीय बनेको थियो। अहिलेको अवस्थालाई हेर्दा पार्टीभित्रको चिन्ता बढेको छ’ उनले भने, ‘सामान्य पार्टी भएको भए यस्तो हुँदैन थियो। तर, राष्ट र समाज विश्वास र परिवर्तनको लक्ष्यसहितको पार्टी भएकाले बहसलाई महत्वपूर्ण रूपमा लिइएको छ।’ 

उनले अहिलेको पार्टीभित्र चलिहरेको छलफल र बहस पद प्राप्तिको लडाइँ नभएको प्रष्टाए।  राष्ट र जनताको भविष्य सुनिश्चित गर्नेबारे लाग्नुपर्नेमा जोड दिए। ‘अस्थितरता झल्कनै कुनै पक्षमा जानुहुँदैन। विचार र पद्धतिबाट चल्ने पार्टी हो। त्यो कसरी गराउने भन्नेबारेमा छलफल चलिहरेको छ’ उनले भने, ‘पार्टी एकताको रक्षा कसरी गर्ने र जनताको विश्वासलाई लिएर सुदिृण कसरी गर्ने भन्नेमा चिन्ता थपिएको छ।’ 

कम्युनिष्टले विचार र विधिलाइ कसरी अघि बढाउने भन्नेबारे छलफल बहस भएको बताए। बहस हुँदैमा विरोधीहरूले यो पार्टी फुट्छ। छियाछिया हुन्छ भन्ने लाग्ला तर, त्यस्तै हुँदैन, उनले भने, बुर्जुवा लुटमा लाग्ने भएकाले कम्युनिष्ट संघर्ष गतिशील हुने कुरा लेलिनले भनेको छन्। पार्टीभित्रको यस्तो बहसले पार्टीलाई अझै बजबुत बनाउने बताए। 

कम्युनिष्ट आन्दोलनलाई पार गरेर धेरै महान् र चुनौतीको ठाउँमा पुगेको बताए। कम्युनिष्ट पार्टी एकताबद्ध बनाएर जाने संकल्प गरेदेखि जनतामा समेत नयाँ भरोसा भएको समेत बताए। ‘जनतासामु गरेका त्यो भरोषा हामीले तोड्न हुँदैन। जनताले हामीलाई झण्डै दुई तिहाईको सरकार दिनुभएको छ’ उनले भने, साझा घोषणापत्रबाट निर्वाचनमा गएपछि जनताले समेत विश्वास गरेका छन्। 

दशकदेशी बोलचालसमेत नभएकाहरुको दुई धारका कम्युनिष्ट एक हुनेनै महत्वपूर्ण भएको जनाए। ‘जनताले पनि समाजवादतिर जान्छौँ भन्दै विश्वास गरे। हाम्रो घोषणापत्रलाई जनताले विश्वास गरे। त्यो आफैमा राम्रो भयो’ उनले भने,  त्यसैले अहिलेको संघर्षको बेलामा जनताको अपेक्षा पूरा गर्नका लागि पार्टी एकता जोगाएर अघि बढनुपर्छ।

०४६ सालपछि तुलसीललाको घरमा भएको छलफलमा सम्झँदै विचार र भावना, पुरानो पक्षका नेताहरुमा आफ्नो कुरा सिधासिधा राख्ने नडराउने प्रवृत्ति भएको बताए। ‘पुराना कम्युनिष्ट नेताहरु सबै कुरा सिधासिधा गर्ने नडराउने गर्नुहुन्थ्यो। मलाई त्यो साह्रै राम्रो लाग्थ्यो। उनले भने, घुमाएर कुरा राख्ने संस्कर विकास गर्न गरेको पाइन्थ्यो।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.