|

डडेल्धुरा : वर्षौदेखि खानेपानीको अभाव झेल्दै आएका अमरगढी-७ का बासिन्दाले अब भने घर-घरमै धारो पाउने भएका छन्। वडाभित्र रहेका १२ गाउँका करिब ५ सय ९४ परिवारका घरघरमा खानेपानीको धारा निर्माण हुन थालेका हो। संघीय सरकार, स्थानीय सरकार, जन श्रमदान, र गैरसरकारी संस्थाको संयुक्त पहलमा २ करोड ४५ लाख रुपैयाँको लागतमा सो खानेपानी योजना निर्माण हुन थालेको हो।

ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको १ करोड २५ लाख रुपैयाँ र बाँकी जन श्रमदान, स्थानीय सरकार र संघीय सरकारको आर्थिक सहयोगमा खानेपानी योजना निर्माण हुन थालेको पोखरा खानेपानी उपभोक्ता सरसफाई समिति पोखरा डडेल्धुराका अध्यक्ष टेक भण्डारीले बताए। जसमा २३ लाख ८१ हजार नेपाल सरकारको, ५४ लाख ११ हजार स्थानीय तहको र ६७ लाख ६४ हजार स्थानीय उपभोत्ताको जन श्रमदान रहेको अध्यक्ष भण्डारीले बताए।

खानेपानी योजना निर्माण भएपछि यहाँका स्थानीय बासिन्दाको वर्षौंदेखिको खानेपानीको अभाव टर्ने भएको छ। खानेपानी योजना निर्माण भएपछि खानेपानीको समस्याबाट मुक्त हुने स्थानीय गणेश पाण्डेयले बताए।

नागरिकहरुलाई खानेपानीमा सहज पहुँच होस् भन्ने उदेश्यले खानेपानी योजना निर्माण गरिन थालिएको अमरगढी नगरपालिका ७ का वडाध्यक्ष खडक बोहराले बताए। दशकौँ पहिले गाउँमा निर्माण गरिएका खानेपानी योजना जीर्ण हुदै गएको बताउँदै अध्यक्ष बोहराले बढ्दै गएको जनसंख्या वृद्धिका कारण खानेपानीको अपुग भएको बताए।

जसका कारण यहाँका स्थानीयहरुलाई एक गाग्री खानेपानीका लागि दिनभर पालो कुर्नुपर्ने बाध्यता रहेको छ। १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी २०७६ सालमा पोखरा खानेपानी उपभोक्ता सरसफाई समितिसँग सम्झौता गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.