|

म्याग्दी  : पश्चिम म्याग्दीको बाढीपहिरो प्रभावित क्षेत्रमा विगत २१ दिनदेखि खानेपानीको हाहाकार भएको छ।

धवलागिरि गाउँपालिका–६,मराङ, मालिका गाउँपालिका ७ विम र बेनी नगरपालिका २ बगरफाँटमा पहिरोले खानेपानीको मुहान पुरिदिएपछि खानेपानीको चरम समस्या देखिएको हो। गत असार २६ गते बिहान आएको पहिरोले गाउँ नजिकै रहेको मुहानसँगै पानी वितरण गरिने मुख्य ट्यांकी, पाइप बगाउँदा विस्थापितलाई पिउने पानीको समस्या भएको छ।

पहिरोले बस्तीभित्र ल्याइएको खानेपानीको पाइप क्षतिग्रस्त भएपछि तत्काल पाइपको अभाव र मुहानसमेत पहिरोले पुरेको शुद्ध पिउने पानीको अभाव भएको पहिरो पीडितको भनाइ छ। आकाशे पानी संकलन गरी पिउन बाध्य छन्।

हिरोले पानीको मुहान बगाएकाले खानेपानीको समस्या भएपछि सबैले घरबाहिर आकाशे पानीका लागि गाग्री थाप्नुपरेको छ। पहिरोले बस्ती नजिकै रहेका पानीको मुहान, पाईपमा क्षती पुगेको अवस्थामा तत्काल नयाँ योजना सहित मर्मत गर्न समय वडा सदस्य तिलकुमारी केसीले बताइन्।

घरघरमा रहेका पानीका धारामा पानी आउन छोडेपछि सरसफाई, लुगा धुनसमेत समस्या भएको स्थानीयको भनाई छ। वडाभित्र करिब १७ हजार जनसंख्या रहेकोमा २१ घर पहिरोले पुरिदिएको छ भने २ सय २ घर उच्च जोखिम, ४० घरपरिवारले विस्थापित जीवन बिताइरहेका छन्।

करिब ४ सय घरधुरी छ।पहिरोले मराङका विभिन्न बस्तीमा २१ जनाले ज्यान गुमाएका थिए भने २ जना बेपत्ता छन्। यता मालिका गाउँपालिका–७  बिममा समेत पहिरोले २ करोडभन्दा बढी लागतको बिम लिफ्ट खानेपानी आयोजना बगाएपछि खानेपानीको हाहाकार मच्चिएको छ।

बिम गाउँको फेदीमा रहेको बिबोटखोला र जुगेखोला मुहानको पानी २४० मिटर माथि रहेको रिजर्भ टंकीमा पुर्‍याएर करिब १ सय ५० घरधुरीलाई वितरण भइरहेको खानेपानी गएको असार २५ गतेको पहिरोले बगाएपछि खोल्साखोल्सीको पानी पिउन बाध्य छन्। बिमको बाईनफाँट, दुले, अर्गला, नौरुङ, डाँडागाउँ, नौमाने, भारवाङ, खारा, लुरवाङ गाउँका २६ घर पहिरोले पुरिएको छ भने ५५ घरमा आंशिक क्षती र ७० घर पहिरोको उच्च जोखिममा छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.