|

इलाम : इलाम सदरमुकामस्थित सशस्त्र प्रहरीको एक नम्बर गणमा कार्यरत १७ जनामा आज कोरोना संक्रमण पोजेटिभ देखिएको छ। विराटनगरस्थित प्रदेश प्रयोगशालामा ४० जनाको स्वाब नमुना पठाइएकामा १७ जनाको रिपोर्ट पोजेटिभ आएको हो।

संक्रमण फैलिएसँगै गणलाई सिल गरिएको छ। शनिबार १७ जना थपिएसँगै इलाममा कोरोना संक्रमण देखिने सशस्त्र प्रहरीको संख्या २७ पुगेको छ।

यसअघि शुक्रबार र साउन ११ गते ५/५ जनामा कोरोना संक्रमण देखिएको थियो। पोजिटिभ देखिएका सबै जनालाई गोठगाउँस्थित आइसोलेसनमा पठाइएको गणका प्रमुख सुधीरजंग थापाले जानकारी दिए।

गणलाई पूर्णरूपमा सिल गरेर बाँकी ४३ जनाको पनि स्वाब संकलन गरेर परीक्षणका लागि पठाउने तयारी भइरहेको छ। गणका प्रमुख थापाका अनुसार संक्रमित कसैमा पनि कोरोनाको लक्षण देखिएको छैन। क्याम्पमा रहेका जवानदेखि प्रहरी नायब उपरीक्षकसम्मलाई कोरोना पोजेटिभ देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.