कोभिड-१९ {अपडेट}

वीरगन्जमा कोरोनाबाट थप एक महिलाको निधन

साउन १७, २०७७

    पर्सा : वीरगन्जको वयोधा हस्पिटलमा उपचार गराइरहेकी एक महिलाको कोरोनाका कारण मृत्युु भएको पुष्टि भएको छ। ५० वर्षीय ती महिला वीरगन्ज महानगरपालिका वडा नम्बर १६ की हुन्।

    गत बुधबार वीरगन्जको गण्डकमा रहेको बयोधा अस्पतालमा उपचारका लागि उनलाई भर्ना गरिएको थियो। शुक्रबार बिहान (हिजो) १० बजेर १२ मिनेटमा ती महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ। 

    उनमा उच्च रक्तचाप, मधुमेय र तीव्र श्वासप्रश्वासको समस्या रहेको चिकित्सकहरुले बताएका छन्। लक्षण सबै मिलेपछि त्यहाँका चिकित्सकले कोरोना परीक्षणका लागि नारायणी अस्पताललाई अनुरोध गरेका थिए। त्यसपछि ती महिलाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो। 

    नारायणी अस्पतालको कोभिड विशेष अस्पताल गण्डकका डा. निरज सिंहले बताए । ती महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको उनको भनाइ छ। योसहित पर्सामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ । वयोधा हस्पिटलमा यसअघि पवन पटवारी र कलावती देवीमा कोरोना पोजेटिभ भएको देखिएपछि नारायणी अस्पतालमै भर्ना गरी उपचार भएको जनाइएको छ । 
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]