|

काठमाडौं : नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य २–२ रुपैयाँले बढाएको छ। बढेको मूल्य शनिबार रातिदेखि लागु हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए।  

कच्चा तेलको मूल्य, डलरको विनियम दर तथा इन्डियन आयल कर्पोरेसनबाट प्राप्त गरिद मूल्यमा समेत वृद्धि भएकाले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाइएको उनले बताए।पेट्रोलको मूल्य प्रतिलिटर १ सय ४ रुपैयाँ र डिजेल र मट्टीतेलको मूल्य ९० रुपैयाँ कायम गरिएको छ। हवाइ इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.