|

मनाङ : साउन  मनाङको चामे र लमजुङको बेसीसहर जोड्ने १५ दिनपछि सञ्चालनमा आएको छ। पहिरोका कारण साउन १ देखि चामे–बेसीसहर सडकखण्ड अवरुद्ध भएको थियो। 

मर्स्याङदी गाउँपालिका–४ को बेलाउँती, बिसाउनी, ङादी, च्याम्चे र मनाङ नासों गाउँपालिका–१ अन्तर्गतको म्यार्दी भिरको पहिरो हटाएसँगै सडक सञ्चानमा आएको हो । जिल्ला प्रशासन मनाङ, सडक विभाग, स्थानीय तह तथा स्थानीयको पहलमा सडकमा खसेको माटो, ढुङ्गा हटाउन सफल भएको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिए।
 
लकडाउन खुलेसँगै मनाङका कर्मचारी, कामदार जोखिम मोलेर पैदल हिँडेर आउन थालेपछि पहिरो खसिरसहेको अवस्थामा पनि पहिरो हटाइएको प्रजिअ पौडेलले बताए। जोखिम मोलेर भए पनि च्याम्चे भीरको पहिरो हटाइएको, मनाङ नासोमा पर्ने म्यार्दी भीर र ताल डाँडामा सडकमा खसेको ढुङ्गा विष्फोटक पदार्थ पड्काएर हटाइएको उनले बताए।

बेसीसहरदेखि चामेसम्म जम्मा ६५ किलोमिटर रहेको छ। जसमध्ये ३५ किलोमिटर लमजुङमा पर्दछ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.