|

तनहुँ : आँबुखैरेनी गाउँपालिकाका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि तीन दिनका लागि कार्यालय बन्द गरिएको छ। गाउँपालिकाका कर्मचारीहरुको साउन १४ गते संकलन गरिएको स्वाबको परीक्षणमा ४२ वर्षीय पुरुष कर्मचारीमा कोरोना देखिएको हो।

कर्मचारीमा कोरोना पुष्टि भएपछि गाउँपालिकाले आइतबार आकस्मिक बैठक बसी तीन दिनका लागि कार्यालय बन्द गर्ने निर्णय गरेको हो। साउन १८ देखि २० सम्म कार्यालय बन्द गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिए। कार्यालय परिसर जोखिम रहेकाले तीन दिन कार्यालय तथा वडा कार्यालयबाट प्रदान गरिने सबै सेवाहरु बन्द गरिएको गाउँपालिकाका प्रवक्ता कटकबहादुर थापाले बताए।

कोभिड–१९ पुष्टि भएका कर्मचारीले केही दिनअघि बिरामी आमालाई काठमाडाँैमा भेटेर फर्किएपछि कोरोना पुष्टि भएको गाउँपालिकाका अध्यक्ष थापाले बताए। संक्रमित कर्मचारीलाई पोखरा स्थित होम आइसोलेसनमा रहेका छन्।

२९ जनाको स्वाब संकलन

कर्मचारीमा कोरोना पुष्टि भएपछि गाउँपालिकाका फ्रन्ट लाइनका २९ कर्मचारीको स्वाब संकलन गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अगम उपाध्यायले जानकारी दिए।

उनका अनुसार गाउँपालिकामा आएर सेवा लिने केही स्थानीयवासीको समेत स्वाब संकलन गर्ने भएको छ। उनीसँग सम्पर्कमा रहेका अन्यको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको उपाध्यायले बताए। सोमबार पनि कन्ट्याक्ट ट्रेसिङको काम हुने गाउँपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.