समाज : सुरक्षा/अपराध

कुटपिटबाट युवकको मृत्यु प्रकरणमा १४ जना पक्राउ

साउन १८, २०७७

    रोल्पा : रुन्टिगढी गाउँपालिका–६ सालबाङमा कुटपिटबाट एक युवकको मृत्युपछि १४ युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    प्रहरीले स्थानीय भीमबहादुर बस्नेत, झुपलाल बुढा, प्रेमबहादुर बुढाथोकी, चेतलाल साहु, चन्द्रलाल रोका, दिलबहादुर रोका, टोपेन्द्र साहु, धनसिंह बुढाथोकी, कमल बस्नेत, प्रकाश बुढा, ठगेन्द्र बुढा, प्रेम बुढा, तिलबहादुर चलाउने र हिराबहादुर बुढाथोकीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    सोही ठाउँका २४ वर्षीय ईश्वर बस्नेतलाई छिमेकी गाउँका टेकबहादुर बुढालाई गोठबाट घर फर्कंदै गर्दा शनिबार राति लुटेको आरोपमा कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख चित्रबहादुर गुरुङले जानकारी दिए। अभियुक्त बस्नेतले पाँच हजार र घडी लुटेको स्थानीयवासी टेकबहादुर बस्नेतले बताए।

    इलाका प्रहरी कार्यालय होलेरीका अनुसार कुटपिटमै संलग्न बस्नेतलाई डव्रिङ स्वास्थ्यचौकीले सिफारिस गरेपछि थप उपचारका लागि लाने क्रममा शनिबार मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]