ट्राफिकलाई घुस दिन खोज्‍ने पक्राउ

|

हेटौंडा : मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका एक कैदीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। प्रहरीले  २०७१ सालमा चितवन जिल्लाका रोजिन गुरुङको हत्यामा संलग्न भएको भनी दोषी ठहर भई जन्मकैद सजाय पाएर कैदी जीवन बिताइरहेका सुनसरीका कुलदिपराज धामीलाई पक्राउ गरेको हो।

सुनसरी रामधुनीका धामी २०७६ साल कात्तिक ३० गते कारागारबाट फरार भएका थिए।

फरार रहेका धामीलाई प्रहरीले खोजी जारी राखेको थियो। सोहि क्रममा कञ्चनपुरबाट चितवनतर्फ आउँदै गरेको भन्ने सूचनाका आधारमा प्रहरीले नवलपरासीबाट धामीलाई पक्राउ गरेको हो।  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुशील सिंह राठौरका अनुसार धामीलाई आजै भीमफेदी कारागार पठाइने छ। कैदजीवन बाँकी नै रहँदा फरार हुँदा पक्राउ परेपछि बाँकी कैदको डेढ गुणा बढी कैद सजाय भोग्नुपर्ने प्रहरी उपरीक्षक राठौरले बताए।

ट्राफिकलाई घुस दिन खोज्‍ने पक्राउ

यस्तै, धनुषामा ट्राफिक प्रहरीलाई घुस दिन खोजेपछि भारतीय नम्बर प्लेटको स्कारपियो गाडीसहित एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सर्लाहीको इश्वरपुर नगरपालिका ९ बयलवासका ३२ वर्षीय रामविश्वास पटेल छन्। शनिबार दिउँसो उनी बिआर०६पिई ०६५८ नम्बरको स्कार्पियो अगाडि लिएर सर्लाहीबाटै जनकपुरधाम आउँदै थिए। तर उनीसँग गाडीको भन्सार पास थिएन।

जनकपुर–ढल्केबर सडकखण्ड अन्तर्गत लक्ष्मिनिया गाउँपालिका ७ स्थित लक्ष्मिनिया बजारमा ट्राफिक प्रहरीले चेकजाँच गर्ने क्रममा भन्सार पास नहुँदा उनलाई गाडीसहित नियन्त्रणमा लिएर जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुर पठाएको थियो।

जनकपुर पुगेपछि गाडी चालक पटेलले ट्राफिक प्रहरीलाई २ हजार घुस दिन खाज्दा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले जानकारी दिए। पटेलमाथि कारबाही तथा अनुसन्धान अगाडि बढाएको उनको भनाई छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.