|

सल्यान  :  ‘ऐया मरेँ बचाऊ बचाऊ, मत मरेँ बचाऊ बचाऊ’ भन्दै कोही कराइरहेका थिए भने कोही घाइेतलाई स्टेचरमा राखेर सुरक्षित स्थानतर्फ लाँदै थिए।

सुरक्षा तयारीका साथ खटिएका स्वयंसेवकहरु घाइतेहरुलाई ओसार्न र प्राथमिक उपचार गर्न व्यस्त देखिन्थे। झट्ट हेर्दा शारदा नगरपालिका-८ सिमखर्कमा  ठूलै विपद आइपरेजस्तो देखिन्थ्यो। तर, त्यहाँ वास्तविक कुनै विपद नभई नेपाली सेना, नेपाल प्रहरीको आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रमअन्‍तर्गत विपद प्रतिकार्यसम्बन्धी कृत्रिम अभ्यास गराइएको थियो।

पहिरोको कृत्रिम घटना बनाएर खोज तथा उद्दार, प्राथमिक उपचार, र आपतकालीन स्वास्थ्यसम्बन्धी ज्ञान प्रदान गर्नका लागि कृत्रिम पूर्व-अभ्यास गराइएको नेपाली सेनाले जनाएको छ।

विपद्का घटना जहाँ पनि हुन सक्ने भएकाले पूर्वतयारी स्वरूप कृत्रिम अभ्यास गराइएको सवुज गण सिमखर्क व्यारेकका गणपति घनश्याम भट्टराईले बताए। उनले भने, ‘पहाडी क्षेत्रमा पहिरोको जोखिम बढी हुने गर्दछ। पहिरो आइहाले कसरी मानवीय तथा भौतिक सम्पत्तिको क्षति हुनबाट बचाउन सकिन्छ भनेर अभ्यास गराएका हौं।’ 

बाढी पहिरो आइ हालेमा त्यसको खोज तथा उद्दार कसरी गर्ने  भनेर अभ्यास गराइएको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक शिवराम पोखरेलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.