|

जनकपुरधाम : प्रदेश-२ को अस्थायी राजधानी जनकपुरधाममा पनि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ। सोमबार राति १२ बजेदेखि लागू हुनेगरी एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए।

कोरोना संक्रमितको संख्या दिन-प्रतिदिन बढ्दै गएपछि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको उनले बताए। उनका अनुसार स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जनकपुरधाम उपमहानगरपालिकाभर निषेधाज्ञा जारी गरिएको छ।

अत्यावश्यक कामबाहेक बिना पास घरबाट बाहिर निस्किए कारवाही गरिने उनको भनाई छ। निषेधाज्ञाको समयमा औषधि पसल, अस्पताल तथा स्वास्थ्य केन्द्र, एम्बुलेन्स लगायत संचालनमा रहने जनाइएको छ। धनुषामा एक जनाको कोरोनाले मृत्यु भएको छ भने उच्‍च अदालत जनकपुरका एक न्यायाधीश, प्रादेशिक अस्पताल जनकपुरधामका तीन नर्स, सामाजिक विकास मन्त्रालयका तीन कर्मचारीसहित सयौं व्यक्तिमा कोरोना पुष्टि भइसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.