|

काठमाडौं : देश संघीयतामा गइसकेको छ। प्रदेश संरचना अस्तित्वमा आइसक्दा पनि काठमाडौं सहरको आकर्षण घटेको छैन। प्रदेश राजधानीमा शिक्षा, स्वास्थ्यसहितका पूर्वाधार लैजान नसक्दा संघीय राजधानीमाथिको भरोसा अझै कम भएको छैन। मानिसहरु गम्भीर स्वास्थ्य संकट आएमा काठमाडौं नै धाउन बाध्य छन्।

शिक्षाका लागि सबैभन्दा भर अहिले पनि काठमाडौंमै छ। प्रदेश सरकारले आफ्नो नामसमेत नजुराएको अवस्थामा संघीय राजधानी उपत्यकामा बसाइँ सरेर आउनेको चाप घटेको छैन। कुनै बेलाका हरिया फाँटहरू धमाधम 'कंक्रिटको जंगल'मा परिणत भइरहेका छन्। उपत्यकामा पछिल्लो समय भौतिक संरचना निर्माणले झन तीव्रता पाएका छन्।

काठमाडौं जिल्लामा भन्दा धेरै बस्ती अहिले भक्तपुर र ललितपुरतर्फ बिस्तार भइरहेका छन्। हिउँदमा तुवाँलोले ढाकेर फुङ्ग उडेको देखिने काठमाडौं सहर वर्षायाममा भने रहर लाग्दो देखिन्छ। 

उपत्यकाका अग्ला डाँडामा गएर हेर्दा यतिबेला काठमाडौं रहर लाग्दो देखिन्छ। हरिया फाँटहरू मासिँदै गएपछि काठमाडौं वरपरका केही फाँटले अझै यो सहरको सुन्दरता बचाइरहेका छन्। मौसम खुलेका बेला चम्किएको काठमाडौं खाल्डोलाई हाम्रो क्यामेराले कैद गर्दा यस्तो देखियो। 

फोटो फिचर

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.