काठमाडौं : वैदिक सनातन धर्मावलम्बीले आज रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व मनाउँदैछन्।
श्रावण शुक्ल पूर्णिमाका दिन बिहानैदेखि नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन्। गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ।
यस वर्ष कोरोना भाइरसको महामारी भएकाले रक्षाबन्धनका लागि स्वास्थ्य सतर्कता अपनाइएको छ। मास्क र ग्लोभ्स लगाएर रक्षाबन्धन गरिएको छ। तर, सामाजिक दूरी भने कायम गरेका थिएनन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।