|

कञ्चनपुर : कञ्चनपुरको झलारी बजारमा लगातार चोरीका घटना हुन थालेका छन्‌।

​यसअघि झलारी बजारमै जयकिसन चौधरीको पसल फुटाएर चार लाख रुपैयाँ नगद रकम चोरी गरेका थिए। आइतबार राती  पनि यहाँस्थित आरएन ज्वेलर्सबाट गएराति चोरहरूले लाखौं मूल्यका गहना चोरी गरेर लगेका छन्।  

पसलमा रहेको छ तोला सुन र एक किलो ३० ग्राम चाँदी चोरी भएको पसलका सञ्चालक लक्ष्मण सुनारले बताए। ‘पसलको छतको ढोका फुटालेर चोरहरूले गहना चोरी गरेछन्‌, विहान पसल खोलेर हेर्दा भित्र राखिएका सबै गहना चोरी भएको पाइयो,’ सुनारले भने, ‘गहना बनाउन राखिएको ग्राहकको सुनसमेत चोरी भएको छ, हामी बिचल्लीमा पर्‍यौं।’

गहना राखिएको डेस्कको ताला फुटाएर सुन चोरी भएको सुनारले बताएका छन्‌। उनका अनुसार सीसाभित्र राखिएको चाँदीका गहनासमेत गरी करिब १० लाख रुपैयाँ बराबरको सुनचाँदी चोरी भएको छ।

इलाका प्रहरी कार्यालय झलारीमा चोरीको गहना पत्ता लगाइदिन र चोरमाथि कारबाही गर्न सुनारले निवेदन दिएका छन्‌।

शुक्लाफाँटा नगरपालिका-७ का कालुराम चौधरीको घरबाट पनि १० हजार रुपैयाँ नगद चोरी भएको छ। सोही ठाउँका गोपाल ठगुन्नाको घरबाट पनि चोरहरूले तीन वटा मोबाइल सेट चोरेर लगेका छन्‌।

​ प्रहरीको उपस्थिति रहेपनि झलारी बजारमै चोरीका घटना बढेपछि स्थानीयहरू चिन्तित भएका छन्‌।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.