|

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कर्मचारीहरुलाई जिम्मेवारीपूर्वक काममा लाग्न निर्देशन दिएकी छिन्।

मन्त्रालयले सोमबार आयोजना गरेको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधानको बैठकलाई सम्बोधन गर्दै मन्त्री अर्यालले कर्मचारीलाई यस्तो निर्देशन दिएकी हुन। 

बैठकलाई सम्बोधन गर्दै अर्यालले भनिन,‘जनताको सम्पत्तिको रक्षा गर्ने, जनताको सम्पत्तिको दस्तावेजहरूको स्क्यानिङ गरेर प्रविधिमैत्री बनाउने जिम्मेवारी हाम्रो काँधमा रहको छ। सिंगो ३ करोड जनताको सम्पत्ति रक्षा गर्ने हाम्रो जिम्मेवारी रहेको छ। तपाईहरु जिम्मेवारीपूर्ण काममा लाग्नुस्।’

मन्त्रालयले विगतमा छुटाइएको भूभाग समेटेर नेपालको अद्यावधिक राजनितिक नक्सा सार्वजनिक, आफ्नै स्रोतसाधनमा सगरमाथाको उचाई मापन, अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा सरकारका नाममा फिर्ता लगायतका महत्वपूर्ण कार्य आफ्नो कार्यकालमा गरिएको भन्दै मन्त्री अर्यालले स्थानीय तहमा सेवा हस्तान्तरण, भूमि बैंकको स्थापना, भूमिहीन सुकुम्बासीलाई जमिनको मालिक बनाउने महत्वपूर्ण जिम्मेवारी पुरा गर्नुपर्ने बताइन्। 

प्रत्येक महिनाको कार्यतालिका बनाएर नतिजामुखी कार्यमा लाग्न उनले आग्रह गरिन। सुशासन र सेवाग्राहीको सन्तुष्टिको लागि लाग्न कर्मचारीलाई आग्रह गर्दै उनले मालपोत र नापीको हालको छविलाई जनपक्षीय, जन मैत्री रहेको विश्वास दिलाउन सक्दो प्रयास गर्नुपर्ने बताइन्। सहकारीको नियमित अनुगमन, निरीक्षणलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने पनि बताइन्। 

कोरोना महामारीको विषम परिस्थितिमा पनि गत आर्थिक वर्ष र यस आर्थिक वर्षको प्रगतिमा तात्विक फरक नहुनु भनेको महत्वपूर्ण उपलब्धी रहेको मन्त्री अर्यालको भनाई थियो।

उनका अनुसार यस आर्थिक वर्षमा मन्त्रालयले ७३.२० प्रतिशतको वित्तीय तथा ८०.११ प्रतिशतको भौतिक प्रगति गरेको छ। गत आर्थिक वर्षमा ६८.८० प्रतिशत वित्तिय र ९६.९४ प्रतिशत भौतिक प्रगति मन्त्रालयको रहेको थियो।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.