|

डडेल्धुरा : डोटीस्थित सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका डडेल्धुरा अस्पतालमा कार्यरत विनय सिंहको शव फेला परेको छ। 

शनिबार दिउँसो नुहाउने क्रममा बेपत्ता भएका बझाङ स्थायी घर भएका एचए सिंहको शव शिखर नगरपालिका–१० बान्डुङ्ग्रीसैन भन्ने ठाउँमा फेला परेको हो। उनको शव सोमबार दिउँसो बगेको ठाउँबाट १ किलोमिटर तल फेला परेको डोटीका एसपी जनकराज पाण्डेयले जानकारी दिए।

यसअघि डडेल्धुराको परशुराम नगरपालिका घर भएका ल्याब असिस्टेन्ट हरिश जोशीको शव डोटीको केआईसिंह गाउँपालिका ३ बासतडा भन्ने ठाउँमा फेला परेको थियो। एसपी पाण्डेयका अनुसार घटनास्थलभन्दा निकै टाढा जोशीको शव आइतबार फेला परेको थियो भने विनयको शव नजिकै भेटिएको हो। विनयकोे शव स्थानीयले देखिपछि प्रहरीलाई खबर गरेका थिए। 

सिंहको शवलाई पोस्टमार्टमका लागि डडेल्धुरा अस्पताल ल्याइँदैछ। शनिबार डोटीस्थित शैलश्वरी मन्दिर दर्शन गरी फर्कने क्रममा शिखर नगरपालिका १० सेती किनार गहनानमा नुहाउन गएका चार जनामध्ये तीन जनालाई सेतीले बगाएको थियो।  

डडेल्धुरा अस्पतालमा कार्यरत चारैजना बिहानै शैलश्वरी मन्दिर दर्शनका लागि गएका थिए। मन्दिर दर्शन गरी फर्किँदा नुहाउने क्रममा उनीहरुमध्ये तीनजनालाई नदीले बगाएको थियो।बगेकामध्ये खगेन्द्र कुँवरलाई स्थानीयले उद्धार गरी बचाएका थिए भने हरिश र विनय बेपत्ता भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.