काठमाडौं : छापावाल सुनको मूल्य आज तोलामा दुई सय रुपैयाँ बढेर ९९ हजार ८ सय पुगेको छ।
आइतबार ३ सय रुपैयाँ बढेर तोलाको ९९ हजार ६ सय पुगेको सुनको मूल्य हिजो स्थिर रह्यो भने आज २ सय रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको हो। यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ३ सय ७५ पुगेको छ। चाँदीको मूल्य भने आइतबारदेखि नै स्थिर रहेको छ। अहिले चाँदीको मूल्य प्रतितोला १२ सय ३० रुपैयाँ छ । यो पनि हालसम्मकै उच्च मूल्य हो।
कोरोना भाइरसको महामारीपछि विश्वभर सुनको मूल्य बढिरहेको छ। सुनको मूल्य अत्यधिक बढेसँगै कारोबार ठप्प हुँदै गएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।