|

बैतडी : चौलानी नदी किनारमा एक बालक मृत अवस्थामा फेला परेका छन्। दोगडाकेदार गाउँपालिका–६ चम्तडीस्थित चौलानी नदी किनारमा अन्दाजी पाँच वर्षीय बालकको शव सोमबार राति फेला परेको हो।

मृतकको पहिचान हुन नसकेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। स्थानीयले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव अहिले गोकुलेश्वर अस्पतालमा राखिएको छ।
 
शवको कसको हो भन्ने बिषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.