|
फाइल फाेटाे

काठमाडौं :  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपाध्यक्ष वामदेव गौतमलाई भेट्न पुगेका छन। उपाध्यक्ष वामदेव गौतम निवास भैँसेपाटी भेट्न अध्यक्ष प्रचण्ड पुगेका हुन्। 

अहिले केहि समयअघि अध्यक्ष दाहाल उपाध्यक्ष गौतम निवास पुगेका उपाध्यक्ष गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले जानकारी दिए। अध्यक्ष दाहाल केही समयअघि आइपुग्नु भएको छ। अहिले छलफल चलिरहेको छ। तर, के विषयमा छलफल हुन लागेको जानकारी छैन उनले भने।  समसामयिक राजनीतिक बिषयमा छलफल हुनसक्ने उनले जनाए। 

‘आज बेलुका प्रधानमन्त्री ओलीसँग अध्यक्ष दाहालबीच छलफल हुदैछ। त्यही बिषयमा केन्द्रीत भएर छलफल गर्न आउनुभएको हुन पनि सक्छ’ उनले भने।  पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेलामा उपाध्यक्ष गौतमलाई फकाउन प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष दाहाल सक्रिय भएका छन्। 

विवादका क्रममा अध्यक्ष दाहाल निकट रहेको उपाध्यक्ष गौतम पार्टीभित्रको विवाद समाधान गर्न भन्दै गत मंगलबारबाट ओली निकट भएको देखिन्छ।  उनले ६ बुँदे प्रस्ताव अघि सार्दै ओली पक्षमा उभिएका छन्। सोहि दिन प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमलाई भेट गरेका थिए। तर, उपाध्यक्ष गौतमलाई उनी निकटका नेताहरुले सो प्रस्तावबाट पछि हट्न आग्रह गर्दा समेत अस्विकार गरेका थिए। 

विवादलाई लिएर समाधानको स्वरुप प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच आइतबारबाट छलफल चलिरहेको छ। तर, सहमतिको विन्दु भेट्न सकेको छैन।  आज पनि ५ बजे ओली र दाहालबीच छलफल हुने कार्यक्रम तय भएको छ। त्यही क्रममा अध्यक्ष दाहाल उपाध्यक्ष गौतमलाई भेट्न पुग्नु अर्थपूर्ण रुपमा हेरिएको छ। 

प्रधानमन्त्री ओलीबाट सरकार र पार्टी दुवै नचलेको भएकाले दुवै पदबाट राजीनामा दिनुपर्ने अध्यक्ष दाहाल, वरिष्ठ नेता खनाल र नेपाल, उपाध्यक्ष वामदेव गौतम, गौतम प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले माग गरेपछि विवाद उत्कर्षमा पुगेको हो।

प्रधानमन्त्री ओलीले अहिलेको अवस्थामा दुवै पदबाट राजीनामा नदिने भन्दै मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए। तर, अध्यक्ष दाहाल पक्षले ओलीको प्रस्ताव स्विकारेको छैन। उपाध्यक्ष गौतमको प्रस्तावले प्रधानमन्त्री ओलीलाई राहत मिलेको छ। 

ओली दाहालको छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ पनि सहभागी हुदै आएका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.