|
फाइल फोटो

काठमाडौं : गोरखा नगरपालिका ९ स्थित लक्ष्मी बजारकी एक युवतीलाई कोरोना संक्रमण पुष्टि भएपछि वडा सिल गरिएको छ। लक्ष्मी बजारमा व्यवसाय सञ्चालन गर्दै आइरहेकी २४ वर्षकी ति युवती सामान लिन काठमाडौं आउँदा स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो।  

वडा अध्यक्ष कुल बहादुर कुँवरले सूचना जारी गरी वडा सिलसँगै वडा कार्यालयबाट प्रवाह हुने सेवाहरु पनि बन्द गरेको बताएका छन्।  ‘लक्ष्मी बजारमा व्यवसाय सञ्चालन गरी बस्ने एक जना व्यवसायीमा कोरोना भाइरस को रिपोर्ट पोजेटिभ आएको र यस वडा भित्र निजसँग सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङको काम गर्नु पर्ने भएको हुँदा यस वडाबाट संचालन हुँदै आएको सम्पूर्ण सेवाहरु अर्काे सूचना जारी नभएसम्मका लागि बन्द गरिएको व्यहोरा सम्बन्धित सम्पूर्ण जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’ वडा अध्यक्ष कुँवरले जारी गरेको सूचनामा भनिएको छ।  

त्यस्तै अत्यावश्यक काम बाहेक घर बाहिर हिँडडुल नगर्न र वडा भित्रका सम्पूर्ण संस्था, व्यवसायहरु बन्द गर्न पनि वडाअध्यक्षले आग्रह गरेका छन्।  ‘अत्यावश्यक काम बाहेक घर बाहिर हिँडडुल नगर्न र यस वडा भित्र रहेका सम्पूर्ण बैंक, वित्तिय संस्था र व्यवसायीहरुलाई आआफ्नो व्यवसाय बन्द गरी अत्यन्त संयम भई सतर्कता अपनाउन हुन र नआत्तिनु हुन समेत वडा कार्यालय सम्पूर्ण वडावासीहरुमा हार्दिक अनुरोध गर्दछ’ अध्यक्ष कुँवरले जारी गरेको सूचना भनिएको छ।    

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.