काठमाडौं : चार दिनदेखि बन्द रहेको कोशी अस्पतालको बहिरंग सेवा (ओपीडी) आजदेखि पुनः सञ्चालनमा आएको छ।
स्वास्थ्यकर्मी संक्रमित हुन थालेपछि अस्पताल व्यवस्थापनले बिहीबारदेखि अनिश्चितकालकालागि ओपीडी बन्द गरेको थियो। स्वाब परीक्षणपछि आएको रिपोर्टमा ओपीडीका थप स्वास्थ्यकर्मीमा संक्रमण नदेखिएकोले बन्द सेवा पुनः सञ्चालन गरिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. चुमनलाल दासले बताए।
गत शुक्रबारदेखि आइतबारसम्म कोसी अस्पतालमा कोरोना संक्रमित स्वास्थ्यकर्मी र कर्मचारीको संख्या ८ रहेको सूचना अधिकारी विष्णु बुढाथोकीले बताए। संक्रमित हुनेमा एक चिकित्सक, चार स्टाफ नर्स र तीन सहयोगी कर्मचारी छन्।
संक्रमित सबैको कोभिड–१९ अस्पतालमा उपचार भइरहेको र अहिलेसम्म ३७ स्वास्थ्यकर्मी र कर्मचारी क्वारेन्टाइनमा रहेको उनले बताए ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।