समाज

आज एसइई नतिजा प्रकाशित नहुने, भोलि बोर्ड बैठकबाट निर्णय

साउन २०, २०७७

    काठमाडौंः  आज सार्वजनिक बिदा परेकाले एसइई परीक्षाको आन्तरिक मूल्यांकनको नतिजा प्रकाशित नहुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज नतिजा प्रकाशनकाे तयारी गरेकाे थियाे। 

    राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रक कार्यालय (कक्षा १०) का उपनियन्त्रक महेश्वर शर्माले आज  यसबारे जानकारी दिएका हुन्। उनले भने,‘भोलि बोर्ड बैठक बस्दै छौँ। त्यसपछि कहिले प्रकाशित हुने छ निर्णय हुन्छ।’

    उनका अनुसार बुधबार बोर्ड बैठक बस्ने कार्यतालिका छ। उक्त बैठकको निर्णयले भोलि बेलुका वा बिहीबारसम्म नतिजा प्रकाशित हुने सम्भावना बढी छ। बोर्डका अनुसार यस वर्ष  चार लाख ८३ हजार विद्यार्थीको एसइई परीक्षाको आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]