|

काठमाडाैं : आज गाईजात्रा पर्व। काठमाडौं उपत्यकासहित देशका विभिन्‍न ठाउँमा विशेष रुपमा मनाइँदै छ। यो वर्ष कोरोना भाइरसको संकटका कारण गाईजात्रा उल्लासमय हुन सकेन।

नेवार समुदायले मनाउने यो पर्वमा वर्ष भरि दिवंगत भएका आफन्तका नाममा गाईको अनुहार र गणेशको चित अंकित गाई बनाएर सहर परिक्रमा गराउने चलन छ। विश्वव्यापी कोरोना महामारीको जोखिम कायमै रहेकाले उपत्यकामा यस वर्ष गाईजात्रा मनाउनेहरूको भीड कम देख्न सकिन्छ। 

गाईको अनुहार र गणेशको चित अंकित गाई बनाएर सहर परिक्रमा गराउँदा मृतात्माले यमलोक जाँदा बाटोमा पर्ने वैतरणी तर्ने र मोक्ष मिल्ने धार्मिक विश्वास रहिआएको छ।

भक्तपुरमा मनाइएको गाइ जात्राका केही तस्बिर : 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.