|

काठमाडौं : भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १८ लाख ५५ हजार नाघेको छ। गत २४ घण्टामा भारतका ५२ हजार ५० जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १८ लाख ५५ हजार ७ सय ४६ पुगेको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मंगलबार जानकारी दिएको छ।

भारतमा गत २४ घण्टामा सङ्क्रमणका कारण ८ सय ३ जनाको मृत्यु भएपछि कुल मृतकको सङ्ख्या ३८ हजार ९ सय ३८ जना पुगेको छ। सरकारी अधिकारीका अनुसार भारतमा सङ्क्रमितमध्ये १२ लाख ३० हजार ५१० व्यक्ति निको भएर फर्किएका छन्। हाल भारतमा पाँच लाख ८६ हजार २९८ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका छन्।

भारतको महाराष्ट्र सबभन्दा प्रभावित बढी कोरोना भाइरस सङ्क्रमण राज्यका रुपमा रहेको छ। हाल महाराष्ट्रमा एक लाख ४७ हजार ३२४ जना सङ्क्रमित अवस्थामा नै रहेका छन् भने १५ हजार ८४२ व्यक्तिको मृत्यु भइसकेको छ। महाराष्ट्र कुल चार लाख ५० हजार १ सय ९६ जनामा  सङ्क्रमण देखिएको थियो। 

कोरोना भाइरस प्रभावित भारतको दोस्रो राज्य तमिलनाडूमा ५६ हजार ६०९ सङ्क्रमित अवस्थामा रहेका छन् भने चार हजार २४१ जनाको मृत्यु भएको छ। राजधानी सहरसमेत रहेको दिल्ली राज्यमा एक ३८ हजार ४८२ जनामा सङ्क्रमण भएको र ती मध्ये एक २४ हजार २५४ जना निको भएर घर फर्किएका छन्। कोरोना सङ्क्रमणको कारण दिल्लीमा चार हजार २१ जनाको मृत्यु भइसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.