|

सर्लाही/काठमाडाैं : सर्लाहीका साउन २७ गतेसम्म लकडाउन गरिएको छ। कोरोना संक्रमण बढ्दै गएपछि जिल्लामा अति आवश्यक बाहेकका कामकाजमा रोक लगाउने निर्णय गरिएको हो।

लकडाउन खुकुलो भएसँगै सर्लाहीका हाट बजार, भिडभाड, मानिसको आवातजावत, सार्वजनिक र निजी यातायात निर्वाधरुपमा चल्न थालेपछि कोरोना संक्रमणको सम्भावनालाई ध्यानमा राखी लकडाउन जारी गरिएको प्रजिअ पौडेलले बताए।

लकडाउन अवधिमा औषधि उपचार, खाद्यान वस्तु खरिद, पेट्रोलिय पदार्थ खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिलाई घर बाहिर ननिस्कन आदेश जारी गरिएको छ । अनुमति प्राप्त सवारी साधन, एम्बुलेन्स, बिरामी बोकेको गाडी, दमकल, दूध बोक्ने र खाद्यान वस्तु बोक्ने सवारी साधन, शववाहन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारको सार्वजनिक तथा निजी सवारी साधनलाई जिल्लाभर संचालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

कोरोनाको सम्भावित संक्रमण रोकथाम तथा जनस्वास्थ्यलाई खराब असर पर्ने भएकोले जिल्ला सुरक्षा समिति, कोरोना संकट व्यवस्थापन केन्द्र तथा जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीको सिफारिसबमोजिम साउन २१ गते विहान ६ बजेदेखि साउन २७ गते राति १२ बजे सम्म लागु हुने गरी लकडाउन जारी गरिएको प्रजिअ पौडेलले बताए ।

Image may contain: text that says 'नेपाल सरकार मन्त्रालय जिल्ला प्रशासन कार्यालय ५२०१७ च.न. सूचना। मिति सूचना सूचना !!! गरिएको सुचना संककामक २०२० भाईरस सम्भावित संभावनालाई दृटिगत गरी जिल्ला सुर्ा समिति, व्यवस्थापन सर्लाहीको देखी मिति २०२६ को सबैको गरिएको तथा गरी कोरोना खराव असर २०७७/०४/२१ हुने बजे देहाएका राती सर्लाही कार्यन्वयनका कानून कारवाही औपधि काममा यखिलाप जनकारी गराइएको कुने खरिद, पेट्रोलियम खरिद जस्ता अत्यावश्यक एम्बुलेन्स, बस्तु सवारी बाहेक सवै प्रकारका सार्बजनिक निजी संचालन नगने सामशीहर बाहेक बोकने अत्याबश्यक स्वास्थकर्मी, बाहक सवारी साधन मेला नलागाउने स्थाई पेट्रोल अर्धसासाहिक, सासाहिक सम्मेलन, भोज भेला हुने कार्य नगनें, भेला सुभा सुरेन्नर पौडेल जिल्ला'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.