|

काठमाडौं : पाकिस्तानले नयाँ राजनीतिक नक्सा जारी गरेपछि भारतले यसलाई सीमा पार आतंकवादको संज्ञा दिएको छ। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले हिजो जम्मु काश्मिर र गुजरातका केही क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेका थिए। 

त्यसको जवाफमा भारतको विदेश मन्त्रलायले विज्ञप्ती निकालेर भनेको छ,  हामीले पाकिस्तानको कथित ‘राजनीतिक नक्शा’ देख्यौं जुन प्रधानमन्त्री इमरान खानले जारी गरेका थिए। यो राजनीतिक बेतुकको अभ्यास हो र यसले भारतीय गुजरात राज्य र जम्मू कश्मीरको केन्द्र शासित प्रदेशहरुमा अस्थीरता ल्याउने छ। ​

लद्दाखको यी हास्यास्पद दाबीहरूको न कानूनी वैधता छ न अन्तर्राष्ट्रिय विश्वसनीयता। वास्तवमा यो नयाँ प्रयासले सीमापार आतंकवादका टेवा पुर्‍याएको क्षेत्रीय विरोधमा पाकिस्तानको जुनसुकै वास्तविकता मात्र पुष्टि गर्दछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.