|

काठमाडाैं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६२ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले काठमाडौं उपत्यकामा ६२ जना संक्रमित थपिएको बताएका हु्न्। 

उनका अनुसार काठमाडौं जिल्लामा ५७ जना र ललितपुर जिल्लामा ५ जना संक्रमित थपिएका हुन्।  राष्ट्रिय प्रयोगशालामा काठमाडौंका २७ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ललितपुरका १, काठमाडौंका १४, पाटन अस्पतालको प्रयोगशालामा काठमाडौंका २ ललितपुरका २, शिक्षण अस्पताल काठमाडौंका १, नेपाल प्रहरी अस्पताल काठमाडौंका ११, स्टार अस्पताल सानेपा काठमाडौं १, ललितपुर २, डीआइडीएच ल्याबमा काठमाडौंका १ जनामा कोरोना  भाइरस संक्रमण पुष्टि भएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.