|
फाइल फोटो

काठमाडौं : आज साँझ बस्ने भनिएको नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल स्थगित भएको छ।

आज पाँच बजेका लागि तोकिएको अध्यक्षद्वयको छलफल स्थगित भएको र बैठक भोलि बिहान बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

यसअघि आइतबार, सोमबार र मंगलबार लगातार तीनदिन ओली–प्रचण्डबीच भएको छलफल स्थायी समितिको बैठकको मिति तोक्ने विषयमा सहमति नजुटेपछि विनानिष्कर्ष सकिएको थियो। 

पार्टीभित्रकाे विवादलाई लिएर प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल निरन्तर छलफलमा छन्। तर, छलफलले कुनै निष्कर्ष दिन सकेका छैन। ओली दाहालको साथमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी हुदै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.