|

काठमाडौं : कोरोना भाइरस संक्रमणबाट गम्भीर बिरामी परेकी एकजना वृद्धाको उपचारका क्रममा काठमाडौंमा ज्यान गएको छ। सर्लाहीको मलंगवा नगरपालिका-६ की ६५ वर्षाीया महिलाको सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा उपचारका क्रममा बुधबार ज्यान गएको हो। 

सशस्त्र प्रहरी बलका प्रवक्ता एवम् एसएसपी राजु अर्यालले ती वृद्धाको उपचारको क्रममा मृत्यु भएको पुष्टि गरे।  ती वृद्धालाई स्वयम्भूस्थित मनमोहन अस्पतालबाट चार दिनअघि सशस्त्र प्रहरीको अस्पतालमा भर्ना गरिएको थियो।

ती वृद्धमा कोरोना संक्रमणसँगै निमोनियाको गम्भीर समस्या देखिएको थियो। उनलाई स्क्रब टाइफस भएको पनि खुलेको छ। नेपालमा यससँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६३ पुगेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.