|

रुकुम : एभरेष्ट बैंक रुकुम पश्चिमले पाँच विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। जिल्ला सदरमुकाम मुसीकोटमा रहेको मुसीकोट खलंगा बहुमुखी क्याम्पसमा अध्यनरत पाँचजना विद्यार्थीलाई बैंकले छात्रवृत्ति प्रदान गरेको हो। 

स्नातक तहअन्तर्गत बिए, बिएड, बिबिएस र स्नातकोत्तर तहअन्तर्गत एमएड अध्यनरत पाँचजना विद्यार्थीलाई प्रतिविद्यार्थी पाँच हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरेको बैंकका शाखा प्रबन्धक चोलाकान्त शर्माले जानकारी दिए। क्याम्पसले छनौट गरेका जेहेन्दार विद्यार्थी कमला ओली, सिर्जना गहतराज, पवित्रा ओली, खीमा पुनमगर र लक्ष्मी मल्ललाई छात्रवृत्ति उपलब्ध गराइएको शर्माले बताए।

बैंकका शाखा प्रवन्धक शर्मा र कर्जा अधिकृत राजेश घिमिरेले उक्त रकम बराबरको चेक क्याम्पस प्रमुख मुकुन्द शर्मालाई हस्तान्तरण गरे। कोरोना भाइरसको महामारीका कारण पठनपाठन बन्द रहेकाले केही दिनमा विद्यार्थीलाई बोलाएर छात्रवृत्ति प्रदान गरिने क्याम्पस प्रमुख मुकुन्द शर्माले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.