|

काठमाडौं : नेकपा फुटको डिलैमा पुगेको छ। दुई अध्यक्षबीचको संवाद अहिले ठप्प भएको छ। 

प्रधानमन्त्री ओली पक्षधर र प्रचण्ड–नेपाल पक्षका नेताहरु अहिले पानी बाराबारको अबस्थामा पुगेका छन्। केही दिन अघि मात्रै प्रचण्ड नेपाल पक्षले केही पत्रकारलाई बोलाएर प्रधानमन्त्री ओलीले आफूहरुलाई पन्छाउन खोजेको गुनासो गरेका थिए।

त्यसको भोलिपल्ट प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले पार्टी एकता भाँड्न केही पत्रकारलाई बोलाएर ओलीविरुद्ध लेख्‍न लगाएको आरोप लगाएका थिए।

यसरी छलफलका लागि बोलाएको भन्दै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार तथा नेकपाका स्थायी कमिटी सदस्य विष्णु रिमालले 'इनफ इज इनफ' भन्दै  प्रवक्ता श्रेष्ठको भूमिकामा प्रश्‍न उठाएका हुन्।

‘कम से कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस्। ‘विधि र पद्दती’को नक्कली गीत गाउँदै नेताहरूलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस्! पार्टी एकताविरूद्धका कुनैपनि गतिबिधि कतैबाट पनि नहोस्! मुलुक संवेदनशील मोडमा छ महसूस होस्!', उनले भनेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.