|

बस्टन : अमेरिकाको पेन्सलभेनियाबाट नेपालीभाषी किशोरी हराएकी छन्। १४ वर्षीया शबिका तामाङ बुधबार पेन्सलभेनिया राज्यको डौफिन काउन्टीस्थित स्वट्यारा टाउनशिपबाट हराएकी हुन्।

उनलाई स्थानीय स्विटब्रायर ड्राइभमा बिहान ७ बजे अन्तिमपटक देखिएको थियो। पेन्सलभेनिया राज्यमा नेपालीभाषी भुटानीको दोस्रो ठूलो बसोबास रहेको छ। अमेरिकी सरकारले करिब ९६ हजार २०० भुटानीलाई पुनर्वास गरेको थियो।

यसअघि ओहायोको एक्रनमा हराएका ३६ वर्षीय टेकबहादुर खड्का अगस्त १ मा सामान्य अवस्थामा भेटिएका थिए। ओहायोमा सबैभन्दा धेरै नेपालीभाषी भुटानीको बसोबास छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.