|

एजेन्सी : लेबनानलाई अरब लिग का राष्ट्रले सहयोग गर्ने भएका छन्। अरब लिग का प्रमुख अहमद अबउल घितले लेबनानलाई सहयोग गर्न तयार रहेको र सहयोग जुटाउन तयारी अवस्थामा रहेको बताएका छन्।

शनिबार लेबनानका राष्ट्रपति मिसेल अउन सँगको भेटमा अरब लिगका प्रमुख घितले विस्फोटको छानबिन गर्न सहयोग र आवश्यक सहयोग गर्न तयारी अवस्थामा रहेको बताए।

'हामी सबै साधन र क्षमता अनुसार सहयोग गर्न तयार छौं,' उनले भने,' लेबनानको लागि सहयोग गर्न आइतबार फ्रान्समा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा आवाज उठाउने छ।'

मंगलबार पोर्टमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या शुक्रबारसम्म १ सय ५४ को मृत्यु भएको छ। ५ हजार भन्दा बढी गम्भीर घाइते भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.