|

काठमाडाैं : ​ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण ढल्केबर ग्रिड शाखा धनुषाका कार्यालय प्रमुख रितेश गुप्तालाई एक करोड २४ लाख ९१ हजार १४५ रुपैयाँ बराबरको चेकसहित सिन्धुली कमलामाई नगरपालिका-९ बाट आज पक्राउ गरेको छ। 

उनी भुक्तानीका लागि आवश्यक कागजात स्वीकृत नहुँदै कार्यालयअन्तर्गत सञ्चालित विभिन्न योजनाको भुक्तानी दिन पहिल्यै चेक काटेर लिई हिँडेका आयोगले जनाएको छ। पक्राउ परेका गुप्ता प्राधिकरणको उपप्रबन्धक नवौं तहका कर्मचारी हुन्। 

प्रक्रिया नै नपुर्‍याई चेक लिएर काठमाडौँतर्फ जाँदै गरेको सूचनाका आधारमा आयोगको बर्दिबासबाट गएको टोलीले गुप्तालाई पक्राउ गरेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए। 

आयोगका अनुसार हस्ताक्षर भइसकेका कार्यालयका चेक तथा स्वीकृत नभएका सोही चेकसँग सम्बन्धित कागजात लिएर काठमाडौँ जाने क्रममा आज गुप्ता पक्राउ परेका हुन्। आरोपी गुप्ताको अनुसन्धान भइरहेको आयोगले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.