|

सर्लाही : लालबन्दी नगरपालिकामा समुदायस्तरमा काेराेना सङ्क्रमण हुन थालेपछि नेपाली कांग्रेस लालबन्दीले नगरपालिकाकाे ध्यानाकर्षण गराएको छ। 

जनप्रतिनिधिमा नै कोभिड सङ्क्रमण देखिएपछि नगरमा आतङ्क र भयावह  फैलिएको भन्दै प्रेस विज्ञप्ति नै निकालेर लालबन्दी कांग्रेस नगर कमिटीले पिसिआर परीक्षणको दायरा बढाउन माग गरेकाे हाे।  

विज्ञप्तिमा भनिएकाे छ - लकडाउन र सङ्क्रमित रहेका स्थान सिल गर्नु आफैंमा राम्रो कार्य भए तापनि नगरका प्रत्येक नागरिकको पिसिआर टेस्ट गर्नुपर्छ। 

कांग्रेस नगर कमटी सभापति प्रशान्त आचार्यद्वारा हस्ताक्षरित उक्त प्रेस विज्ञप्तिमा जन स्वास्थ्यप्रति नगरले ठोस कदम चाल्न नसकेको र कोरोना परीक्षणको दायरा बढाउन नसकेकाे उल्लेख गरिएकाे छ। साथै कांग्रेस नगर कमिटीले नगरपालिका समुदायकाे स्वास्थ्यप्रति गम्भीर नभएकाे आराेप लगाएकाे छ।

लालबन्दीमा हिजाे शुक्रबार वडा नम्बर ७ का वडाध्यक्ष, तरकारी व्यापारी र अर्का एक जनालाई काेराेना संक्रमण पुष्टि भएकाे थियाे। जिल्लामा हाल निषेधाज्ञा लागु गरिएकाे छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.