|

नेपालगञ्ज: कोरोनाको संक्रमण तीव्र गतिमा फैलिएपछि शनिबार राति १२ बजेदेखि नेपालगञ्जको मुख्य शहरी क्षेत्र शील गरिएको छ।

शील गरिएको क्षेत्र प्रवेश गर्ने एक दर्जन नाकामा काँडेतार लगाइएको छ। सजगता अपनाउन र अत्यावश्यक बाहेकको आवागमन रोक्न नेपाली सेना, शसस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको छ।

नेपालगञ्जको पुष्पलाल चोकदेखि गणेशमान चोक, गणेशमान चोकदेखि चारबाहिनी, बाँके गाउँदेखि रिङरोड हुँदै आर्मी ब्यारेकसम्मका क्षेत्र शील गरिएको हो। 

बाँकेमा तीन दिनको अवधिभित्रै ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित संख्या ह्वात्तै बढेपछि शहरी क्षेत्र शील गरिएको हो। समुदायस्तरमै तीव्र गतिमा संक्रमण फैलिएपछि साउन १८ गतेदेखि लगाइएको निषेधाज्ञा थप तिन दिन बढाएर २७ गतेसम्म पुर्‍याइएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए। 

महानगरपालिकाको प्राय सबै शहरी क्षेत्रमा कोरोनाको संक्रमण देखिए पछि शहरी क्षेत्र शील गरिएको हो।  नेपालगञ्ज उप-महानगरपालिकाकी उपमेयर उमा थापाले बताइन। 

बाँकेमा आजसम्म ५६९  जना संक्रमित पहिचान भएको छ। पहिचान भएका संक्रमितमध्ये १६६ जनाको उपचार भइरहेको छ। ४०१ जना निको भएका छन्‌। दुई जनाको मृत्यु भएको छ। 

तस्बिरहरू :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.